Rule 13
निजी प्रयोजनको सवारी साधन तथा भवन सम्बन्धी व्यवस्था
(१) कर्मचारी वा कामदार लगायतको कुनै हिताधिकारीको लागि कुनै व्यक्तिबाट पूर्ण वा आंशिक रूपमा निजी प्रयोजनको लागि प्रयोग भएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधनलाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम कुनै आय बर्षको लागि देहायबमोजिम रकम निर्धारण हुनेछः–
(क) कर्मचारी वा कामदार वा मासिक रूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई उपलब्ध गराएकोमा निजले खाईपाई
आएको तलबको शून्य दशमलव पाच प्रतिशतले हुने रकम ।
(ख) खण्ड (क) मा उल्लेख भएको अवस्थामा बाहेक सवारीसाधनको प्रचलित बजार मूल्यको बार्षिक एक प्रतिशतले हुने रकम ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “सवारी साधन” भन्नाले मोटर, कार, जीप र यस्तै किसिमको अन्य सवारी साधन
सम्झनु पर्छ ।
(२) कर्मचारी वा कामदार लगायतको कुनै हिताधिकारीको लागि कुनै व्यक्तिबाट निजी प्रयोजनको लागि प्रयोग भएको वा प्रयोगको लागि उपलब्ध भएको भवनलाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ख) को उपखण्ड (२) बमोजिम कुनै आयबर्षको लागि देहायबमोजिम रकम निर्धारण हुनेछः–
(क) भवन उपलब्ध गराउने व्यक्तिले कर्मचारी वा कामदार वा मासिक रूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई भवन उपलब्ध
गराएकोमा निजले खाइपाई आएको तलबको दुई प्रतिशतले हुने रकम,
(ख) भवन उपलब्ध गराउने व्यक्तिले घर भाडामा लिई खण्ड (क) मा उल्लेख भए बाहेकको व्यक्तिलाई भवन उपलब्ध गराएकोमा
भाडा बापत भुक्तानी गरेको रकमको पच्चीस प्रतिशतले हुने रकम,
(ग) भवन उपलब्ध गराउने व्यक्तिले भाडा तिर्नु नपर्ने घर खण्ड (क) मा उल्लेख भए बाहेकको व्यक्तिलाई भवन उपलब्ध गराएकोमा
प्रचलित घरभाडाको पच्चीस प्रतिशतले हुने रकम ।